पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग

आइतबार, १७ चैत्र २०८१
काठमाडौँ : राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ। प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोक सभाका आयोजना गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ । 'कथित राजावादी आन्दोलनको नाममा चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक जत्थाबाट जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको कर्मथलो एभिन्यूज टेलिभिजन केन्द्रीय कार्यालयमा प्रेस चौतारी नेपालले आज श्रद्धाञ्जली सभा गरेको छ,' अध्यक्ष गणेश पाण्डेले जानकारी दिँदै भने, 'रजकका हत्यारालाई तत्काल पहिचान गरी कारबाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन प्रेस चौतारीले माग गरेको छ ।' गत चैत १५ गते भएको राजावादी आन्दोलनमा रजक रिपोर्टिङ गर्ने क्रममा जिउँदै जलाएर हत्या गरिएको थियो। लुटपाटको भिडियो खिचिरहेको बेला अराजक प्रदर्शनकारीले बाहिरवाट ताल्चा लगाएर निस्कँदा उनी कोठा भित्र जल्न जाँदा प्राण त्याग गर्नु परेको थियो। परिवारले अहिलेसम्म उनको शव जिम्मा लिएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार