जनकपुरधाममा प्रहरी र स्थानीयबिच झडप, दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार

आइतबार, १७ चैत्र २०८१
जनकपुरधाम : जनकपुरधाम विन्धीमा प्रहरी र स्थानीयबिच भएको झडपमा दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरिएको छ। होलीको दिन छुरा प्रहारबाट हत्या भएका आंशु यादवको हत्यारालाई कारबाही गर्न माग गर्दै विन्धीवासीहरूले बिहानदेखि सडक जाम गरी आवतजावत ठप्प पारेका थिए। सडक खुलाउन प्रयास गर्दा प्रहरी र स्थानीयहरूबिच झडप भएको हो। प्रहरीले बल प्रयोग गरेपछि स्थानीयहरूले प्रतिरोध गर्न थाले र अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गर्नुपर्‍यो। स्थानीयहरूले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्। झडपको क्रममा दर्जनौँ स्थानीय र प्रहरी घाइते भएका छन्, यद्यपि जिल्ला प्रहरी कार्यालय धनुषाले घाइतेहरूको सङ्ख्या यकिन गर्न नसकेको जनाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भारी उपस्थिति रहेको छ। गत चैत्र २ गते साँझ ५ बजे होली खेल्ने क्रममा लक्ष्मण महतोका छोरा धर्मेन्द्र महतोले आंशु यादवलाई छुरा प्रहार गरेका थिए। छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आंशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ ६ बजे मृत्यु भएको थियो। प्रहरीले धर्मेन्द्रलाई पक्राउ गरेर छुरा बरामद गरेको थियो। यद्यपि आंशुको परिवारजनले अन्य व्यक्तिहरूको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि हिरासतमा लिन माग गर्दै विरोध जनाइरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार