काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिबाट पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किने भएका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएपछि उनी नेतृत्वको जिम्मेवारीबाट अलग भएका थिए ।
उनी भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने जनाईएको छ ।
प्रवक्ता मनिष झाले भोलिको बैठकमा सभापति लामिछाने उपस्थित् हुने र बैठकको अध्यक्षता गर्ने जनाएका छन् ।
लामिछाने भने भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न व्यस्त छन् ।
प्रतिक्रिया