चिया बगानका श्रमिकलाई न्यूनतम ज्यालामा समान नीति बनाउन माग

आइतबार, १७ चैत्र २०८१
विराटनगर : चिया बगानमा कार्यरत श्रमिकहरूलाई अन्य क्षेत्रका श्रमिकसरह न्यूनतम ज्याला प्रदान गर्न माग गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै श्रमिकहरूलाई समान ज्यालाको व्यवस्था गर्न आग्रह गरेको हो। हाल अन्य श्रमिकहरूको न्यूनतम ज्याला ६६८ रुपैयाँ निर्धारण गरिएको भए पनि चिया तथा कफी बगानका श्रमिकहरूलाई मात्र ५ सय रुपैयाँ तोकिएको छ, जसले श्रमिकमाथि अन्याय भएको जिफन्टको भनाइ छ। संघले बगान क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन, श्रम कानुन पूर्ण रूपमा कार्यान्वयन गर्न तथा हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गर्न पनि माग गरेको छ। ज्ञापनपत्र ग्रहण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया तथा कफी क्षेत्रको प्रवर्धनका लागि सरकारले विशेष योजना बनाइरहेको बताउँदै श्रमिकहरूको हितका लागि आवश्यक सुधारका कदमहरू उठाइने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार