दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी

आइतबार, १७ चैत्र २०८१
काठमाडौँ । मेडिकल व्यवसायी तथा राजसंस्था पुनर्स्थापनाका पक्षधर दुर्गा प्रसाईँ विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । प्रसाईँले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौँको साइबर ब्युरोमा उजुरी दिएका हुन् । प्रसाईँले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् । उनको निवेदनमा लेखिएको छ ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरीत र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको विवाह दर्ता गरिदिनु भनी सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान÷अवहेलना समेत हो ।’ उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् । केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईँविरुद्ध उजुरी दिएका हुन् । प्रसाईँले यौनिक तथा अल्पसङ्ख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार