राष्ट्रिय विज्ञापन संघमा प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति

आइतबार, १७ चैत्र २०८१
इटहरी : राष्ट्रिय विज्ञापन संघ नेपालको महाधिवेशनबाट प्रदीप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मिडिया शोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्वितीय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा विमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रा.लि.का नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण आर्याल र सह–कोषाध्यक्षमा सिगास मिडिया हब प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रूपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए । सदस्यहरूमा स्वर्गद्वारी मिडिया प्रा.लि.का वसन्त योगी, डच मिडिया प्रा.लि.का रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल मिडिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार