काठमाडौं: गत शुक्रबार तीनकुने क्षेत्रमा भएको आन्दोलन र तोडफोडका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको क्षतिबारे मिनबहादुर गुरुङको अभिव्यक्तिमा सुधार गरिएको छ।
सोमबार भाटभटेनीले एक सूचना जारी गर्दै, गुरुङले मिडियाकर्मीलाई दिएको जवाफमा ७०-७५ लाखको अनुमान गरेको भए पनि गल्तीले ७०-७५ करोड भनेको उल्लेख गर्दै त्यसलाई सुधार गरेको जानकारी दिएको हो।
गुरुङले यसअघि इन्जिनियर र अन्य सहयोगीहरूको विवरण तयार भइरहेको बताउँदै करिब ७०-७५ करोडको क्षति भएको बताएका थिए, जसको कारण उनलाई आलोचना गरिएको थियो।
भाटभटेनीको सूचना अनुसार, केही पत्रकारहरूको प्रश्नको उत्तर दिँदै गुरुङले ७५-८० लाख बराबरको क्षति भएको भनेको भए पनि तोडफोड र लुटपाटको समय भएकाले गल्तीवश ७०-७५ करोड भनेको कुरा सच्याइएको छ।
यसै बीच, कोटेश्वर भाटभटेनीमा भएको लुटपाट र तोडफोडको प्रारम्भिक अध्ययन अनुसार ८० लाखको क्षति भएको भाटभटेनीले जनाएको छ।
यस घटनासँग सम्बन्धित अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया