पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन

सोमबार, १८ चैत्र २०८१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सोमवार चैत्र १५ गतेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरूलाई बिना सर्त रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शमशेर जबरासहित अन्य प्रदर्शनकारीहरूमाथि पनि सरकारले पक्राउ गरी मुद्दा चलाएको छ । प्रदर्शनकारीले झुटा मुद्दामा पक्राउ परेका राप्रपा नेता र राष्ट्रवादी नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरूले मृतकलाई शहीद घोषणा गर, घटनाको न्यायोचित छानबिन गर, नालायक सरकार राजीनामा दे लगायतका प्लेकार्ड नारा लगाएर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार