मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक मिश्रा बलात्कार आरोपमा पक्राउ

सोमबार, १८ चैत्र २०८१
काठमाडौं । महाकुम्भबाट भाइरल भएकी मोनालिसालाई अभिनेत्री बनाउने आश्वासन दिएका भारतीय फिल्म निर्देशक सनोज मिश्रा बलात्कार आरोपमा पक्राउ परेका छन्। दिल्ली प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो। प्रहरीले सनोजले एक युवतीलाई बारम्बार बलात्कार गरेको आरोप लगाएको छ। ती युवती नायिका बन्ने सपना बोकेर आएको बताइन्छ। सनोजले उनलाई फिल्ममा भूमिका दिने आश्वासन दिएर बोलाएको, शारीरिक शोषण गरेको तथा कसैलाई भने फिल्म उद्योगमा काम नपाउने धम्की दिएको पीडित महिलाले बयान दिएकी छन्। १८ फेब्रुअरी २०२५ मा सनोजले उनलाई होटलमा बोलाएर जबरजस्ती सम्बन्ध राखेको र पछि विवाह गर्ने वाचाबाट पछि हटेको आरोप छ। अनुसन्धानका क्रममा मुजफ्फरनगरबाट गर्भपतनसँग सम्बन्धित मेडिकल विवरणहरू पनि संकलन गरिएको थियो। सनोजमाथि ती महिलासँग चार वर्षसम्म लिभ-इन सम्बन्धमा बसेको, तीन पटक गर्भपतन गराउन बाध्य पारेको र अन्ततः विवाह गर्ने वाचा तोडेको गम्भीर आरोप लागेको छ। महाकुम्भ मेलामा माला बेच्ने मोनालिसा आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्। निर्देशक सनोज मिश्राले उनलाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’ मा भूमिका दिने प्रस्ताव गरेका थिए। उनी मोनालिसाको घरसम्म पुगेका थिए र उनलाई फिल्मका लागि साइन गराएका थिए। तालिमसमेत सुरु गराइसकेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार