प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा गार्ड अफ अनर प्रदान

बुधबार, २० चैत्र २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधवार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्यान्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्यान्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता गर्दै छन् । दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमति पत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार