पूर्वी तराईमा मेघगर्जनसहित वर्षा, काठमाडौंमा कहिले ?

बुधबार, २७ चैत्र २०८१
इटहरी :  पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका विभिन्न ठाउँमा वर्षा भएको हो । नेपालमा वर्षा नहुँदा प्रदूषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरू देखिरहेका छन् । ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदूषण बढी भएका शहरहरुबाट प्रदूषण हट्ने बताइएको छ । तर काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदूषण उच्च भएको शहरमा विश्वकै पहिलो स्थानमा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने  भन्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार