काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताएका छन्।
संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले भनाइ छ।
त्यस्तै, भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरोगरी अध्ययन र विश्लेष हुन जरुरी रहेको उनले बताए। उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका गरे।
त्यस्तै उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरुसँग दीर्घकालीन असर पर्नेखालका सम्झौता गर्न नपाउने जिकिर गरे।
अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावारणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए।
रावलले कैदीबन्दी र हात हतियारहरु बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको जिकिर गरे। उनले मुलुकमा देखिएको चूनौतिलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिष्ट पार्टीसंग एकता गरिएको बताए।
प्रतिक्रिया