जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन्। शनिबार विहान जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन्।
सम्बोधनमा मुख्यमन्त्री यादवले मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे। उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए। मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए।
कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाइ छ। मधेशी जनताले वास्तविक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए।
जसपा र लोसपाका सांसद एवम नेता कार्यकर्ताहरुले सुरक्षाकर्मी कुट्दै हिँडेकाले सुरक्षाकर्मीनै असुरक्षित रहेकोबेला प्रदेशको जनता जन कति सुरक्षित छन् भन्ने आंकलन गर्न सकिने उनले बताए।
यस्तो अवस्थामा चुनाव कसरी हुन्छ र संघीय सरकारले चुनाव हुने ग्यारेन्टी कसरी गर्न सक्छ भन्ने मुख्यमन्त्री यादवले प्रश्न गरे। पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले अझै मुख्यमन्त्रीकै कुर्सीमा बस्ने गरेको र अहिलेसम्म निवास र गाडीसमेत फिर्ता नगरेकोले आफूलाई नराम्रो लागेको बताए।
मेधशवादी दलहरुसँग चुनावका लागि कुनै एजेन्डा नरहेकाले उनीहरु मधेश र मधेशीको नाममा सोझा जनतासंग खेलवाड गर्दै हिँडेको मुख्यमन्त्री यादवले दाबी गरे।
मुख्यमन्त्री यादवले आफ्नो पार्टी नेकपा एमाले नेपाली कांग्रेस, माओवादी र नेकपा एससँग सरकार बनाउन आशावादी रहेको उल्लेख गरे। उनले अन्य प्रदेशहरुमा पनि यी पार्टीहरुका मानसिकता र काम गर्ने शैली प्रष्ट रहेकोले उनीहरुसँग समन्वय गरेर अगाडि बढ्न आशावादी रहेको बताए। मुख्यमन्त्री यादवले आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नभई प्रदेशको गरीबि र प्रदेशको शिक्षाको अवस्थासंग रहेको बताए।
उनले मधेशवादी दहरुको अराजकताको विरोधमा मलाई साथ दिन सम्पूर्ण मधेशवासी, न्यायप्रेमी र बुद्धिजिवीहरुलाई आग्रह गरे। मुख्यमन्त्री यादवले भारतीय दुर्तावासका केही पदाधिकारी व्यक्तिहरुपनि मधेश प्रदेशमा आएर दल फोड्ने र तोड्नेमा लागेको आरोपसमेत लगाए।
प्रतिक्रिया