नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो दिदीभाइको शव

बुधबार, २७ चैत्र २०८१
काठमाडौँ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ । ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको रहेको प्रहरीले जनाएको छ ।
हजुरआमासँगै ब्रिटिसक्याम्प गएका उनीहरूको हजुरआमाको चप्पल नदीमा खसेको र चप्पल खोज्न भन्दै नदीमा हेलिएका थिए । भंगालोमा परेपछि उनीहरू बाहिर निस्कन सकेनन् ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार