काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक पक्राउ परेकी छिन् ।
२७ वर्षीया कोंकवान पुङस्वान मङ्गलवार दिउँसो पक्राउ परेकी हुन । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्युरो पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया