विराटनगर । कोसी प्रदेश प्रहरी अस्पतालमा अत्याधुनिक मेसिनमार्फत ल्याब परीक्षण सेवा सुरु गरिएको छ ।
मोरङको बेलबारी नगरपालिका–३ मा रहेको अस्पतालमा पहिलोपटक आइतबारदेखि सेवा शुभारम्भ भएको हो । कोसी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी ९प्रहरी वरिष्ठ उपरीक्षक० राजेशनाथ बास्तोलाले परीक्षणका लागि नमूना (रगत) दिएर सेवाको शुभारम्भ गरे ।
प्रहरी अस्पतालको निरीक्षण गर्दै बास्तोलाले सेवा प्रवाहलाई छिटोछरितो एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अत्याधुनिक मेसिनसहितको प्रयोगशालामार्फत नमूना परीक्षण सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रयोगशालामा बिरामीको रगत, दिशा, पिसाबलगायत परीक्षण गर्न सकिने छ । प्रहरीका अनुसार बिरामीलाई तत्कालै रिपोर्ट उपलब्ध गराउने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
ल्याब परीक्षण शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्यामकुमार महतो, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेललगायतका प्रहरी अधिकृत तथा कर्मचारी उपस्थित थिए ।
तत्कालीन आईजीपी ९प्रहरी महानिरीक्षक० धीरजप्रताप सिंहले २०७९ फागुन १० गते प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरेका हुन् ।
अस्पताल १५ बेडको छ । अस्पतालबाट प्रहरी, पूर्वप्रहरी र सर्वसाधारणसमेतले सेवा लिन पाउने छन् ।
स्वास्थ्य सेवामा पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणसमेतको पहुँच पु¥याउने उदेश्यले अस्पताल सञ्चालनमा ल्याइएको हो ।
११ जना जनशक्ति व्यवस्थापन गरिएको अस्पतालले प्रयोगशाला, एक्स–रे तथा आकस्मिक सेवा उपलब्ध गराउने छ ।
–परीक्षणका लागि रगत दिँदै कोसी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोला ।
Discussion about this post