राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुको जनाउ दिएर स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।
राष्ट्रपति पौडेलको परिवारका सदस्यले पनि ‘उहाँको स्वास्थ्य हिजोको भन्दा आज राम्रो’ भनेका छन् । राष्ट्रपति पौडेल बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना छन् ।
एम्सको भीआईपी आईसीयूमा राखेर उनको उपाचार भइरहेको छ । उनलाई दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ । उनको स्वास्थ्यको स्थिति हेरेर बिहीबार सम्भवतः उनलाई आईसीयूबाट बाहिर प्राइभेट वार्डमा सार्ने सम्भावना छ ।
उनको छातीमा संक्रमण देखिएको छ । काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेका बेला परिवारजन, तथा चिकित्सकहरुसँगको सरसल्लाहपछि सरकारले उनलाई उपचारका लागि दिल्ली पठाउने निर्णय गरेको थियो ।
Discussion about this post