सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । अब आउने संसदमा यसबारे छलफल गरेर निचोडमा पुग्ने कार्कीले बताएका छन् ।
बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् ।
तर सरकारका प्रवक्ता कार्कीले भने महाअभियोग जीवितै रहेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ’प्रवक्ता कार्कीले भने ।
Discussion about this post