इटहरी । सुनसरीको इटहरीमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरले इटहरीमा पहिलोपटक मिर्गौला रोगसम्बन्धी विशेषज्ञबाट उपचार सुरु गर्ने भएको छ ।
२०६३ सालमा स्थापित सेन्टरले मूत्र तथा पुरुष गुप्तरोग विशेषज्ञ डा .सि.एस अग्रवालको सेवा आजबाट दिन लागेको जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समय कार्यरत डा .अग्रवाल अहिले विराट टिचिङ हस्पिटल विराटनगरमा समेत कार्यरत् छन् ।
इटहरीमा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीहरुको संख्या निकै बढेको पाइएकाले स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकको सेवा दिन लागेको सेन्टरका प्रबन्ध निर्देशक नवीन गौतमले बताए ।
सेन्टरले हाल इन्डोक्राइनोलोजिष्ट,सुगर, प्रेसर, थाइराइड र हार्मोन रोग विशेषज्ञ डा राकेश मण्डल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रेरणा दाहाल, नाक, कान, घाँटी रोग विवशेषज्ञ डा.राजीव्कुमार शाह, डा.रौनक दाहालबाट सेवा दिँदै आएको गौतमले बताए ।
Discussion about this post