काठमाडौँ । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम जारी रहेको छ । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा उनले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।
यसरी हेर्दा लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् । चितवन-२ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो ।
Discussion about this post