इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

बुधबार, २४ बैशाख २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा मीन बहादुर भट्टराईले बुधवार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भट्टराईलाई इटहरीको नयाँ प्रशासकीय प्रमुखको रूपमा पठाएको हो। इटहरीका मेयर हेमकर्ण पौडेलले उनलाई औपचारिक स्वागत गरेका छन्।

यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव भट्टराईले इटहरीको प्रशासनिक नेतृत्व सम्हालेसँगै उपमहानगरमा लामो समयदेखि रोकिएका आर्थिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।

यसअघि लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतको रूपमा इटहरीमा रहेका रामचरित्र मेहताको सरुवा पछि प्रमुख प्रशासकीय अधिकृतको रूपमा हेमराज भुसाल आएका थिए । तर भुसाल आएको एक महिनामै बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएपछि यो पद पुनः रिक्त भएको थियो।

भट्टराईको आगमनसँगै अब इटहरीमा बाँकी रहेका भुक्तानीहरू र बजेट कार्यान्वयन प्रक्रियामा सुधार आउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार