धरानबाट ठूलो परिमाणमा लागूऔषध सहित एक जना पक्राउ

बुधबार, २४ बैशाख २०८२

धरान, सुनसरी – धरान उप-महानगरपालिका वडा नम्बर १३ स्थित अमरहाट कृषि बजार नजिक एक व्यक्तिको घरमा ठूलो परिमाणमा लागू औषध फेला परेको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुको घरमा खानतलासी गर्दा ठूलो मात्रामा लागू औषधसहित लिम्बुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसारआज (बुधबार) दिउँसो करिब ३ः१० बजेको समयमा अमरहाटस्थित लिम्बुको घरमा छापामार्दा ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका तीन हजार नब्बे क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका तीन हजार सत्तरी ट्याब्लेट, बुप्रेनोर्फिन इन्जेक्सनका चार एम्पुल, फेनिरामिन मालेएट इन्जेक्सनका सत्र एम्पुल र डाइजेपामका नौ एम्पुल बरामद गरिएको छ।

पक्राउ परेका मिलन लिम्बुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र उनीहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार