१६ वर्षीया श्रीमती र ९ वर्षीय सालो सहित ४ जनाको हत्या गरेका राजेन्द्रको अवस्था गम्भीर, जिल्ला अस्पतालले दियो रेफर

आइतबार, २२ असार २०८२

भोजपुर ।  भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा आइतबार राति एकै परिवारका चार जनाको बीभत्स हत्या गर्ने राजेन्द्र राईको अवस्था गम्भीर बनेको छ। 

भोजपुर नगरपालिका–२ घर भई हाल ससुरालीमा बस्दै आएका ३० वर्षीय राईले आफ्नै १६ वर्षीया श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

घटनापछि राई आफैँले प्रहरीलाई फोन गरेर चार जनाको हत्या गरेको जानकारी दिएका थिए। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईको पेटमा गहिरो चोट लागेको छ र उनको अवस्था गम्भीर छ। प्रारम्भिक उपचार भोजपुर अस्पतालमा गरिएको भए पनि अवस्था जटिल भएकाले उनलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ।

वडा नम्बर २ का वडा सदस्य जीवन जर्गा मगरका अनुसार राई करिब एक सातादेखि ससुरालीमै बस्दै आएका थिए। 

घटनाको कारणबारे यकिन भई नसकेको भए पनि घरायसी विवादका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थलबाट शवको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाएको छ।

स्थानीय बासिन्दा यो घटनाबाट स्तब्ध भएका छन् भने प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार