एमाले इटहरीद्वारा सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरु

सोमबार, २३ असार २०८२

इटहरी : नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीअन्तर्गत इटहरी–१० बाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ। जलवायु परिवर्तनका प्रभाव र वातावरणीय संकटलाई ध्यानमा राखी आयोजना गरिएको यो अभियानमा स्थानीय नेता, कार्यकर्ता, महिला संघका सदस्य, युवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै इटहरी उपमहानगर अध्यक्ष रूपेश बस्नेतले पार्टी अब भाषण र छलफलमा मात्र सीमित नरहने र जनसङ्ग प्रत्यक्ष सम्पर्कमा रही समाजका लागि काम गर्ने दिशामा अघि बढेको बताए। “वृक्षारोपणजस्ता सामाजिक अभियानहरू हाम्रो प्राथमिकतामा छन्,” उनले भने।

प्रदेश सदस्य तथा इटहरी इन्चार्ज प्रमोद शेर्पाले पार्टी चुनावका बेला मात्र नभई समाजको समस्या समाधान र प्रकृति संरक्षणमा पनि अग्रसर हुनुपर्ने बताए। कार्यक्रममा महिला नेतृहरू, स्थानिय युवाहरू, टोल विकास संस्था र समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न जातका बिरुवाहरू रोपिएको छ, जसले भविष्यमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको सचिव सुनील कार्कीले जानकारी दिए।

कार्यक्रम सफल बनाउन वडा नं. १० का वडाध्यक्ष, स्थानीय टोल विकास संस्था, विद्यार्थी र स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अभियान साताभर विभिन्न टोलमा विस्तार गर्दै लैजाने योजना रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार