पोखराका वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

बुधबार, २४ बैशाख २०८२

पोखरा :पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरका कर्मचारी र एक व्यवसायीमाथि हातपात गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।

व्यवसायी लेखनाथ सुवेदीले दिएको जाहेरीका आधारमा पराजुलीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। पराजुलीले हिजो महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेलमाथि हातपात गरेको आरोप छ।

त्यसैदिन वडाध्यक्ष पराजुलीले फुटपाथमा सामान राखेको विषयलाई लिएर व्यवसायी सुवेदीमाथि पनि कुटपिट गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका वडाध्यक्षमाथि कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार