आजको राशिफल बि.सं. २०८२ असार २३ गते सोमबार ई.सं. २०२५ जुलाई ०७ नेपाल सम्बत ११४५ दिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, गृष्म ऋतु, असार शुक्ल द्वादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
आज कुनै महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्त्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४१ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ ।
प्रतिक्रिया