इलाम : इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेची लोकमार्गमको पाथले डाँडास्थित झापाबाट इलाम तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नं. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा ८९ प २२६६ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भएका दुवै गम्भीर घाइते भएका थिए ।
मृत्यु हुनेमा मोटरसाइएकल चालक बझाङ जिल्ला बित्छडचिर गाउँपालिका १ बस्ने २६ वर्षका मदन बहादुर बोहरा र मोटरसाइकलमा पछाडि सवार जिल्ला जाजरकोट छेडागाडा न.पा. ८ बस्ने अन्दाजी वर्ष २३ की सिर्जना गिरी रहेको बताइएको छ ।
घाइते भएका उनीहरूलाई तत्काल उपचारको लागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड झापा तर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ट्रक चालक जिल्ला पाँचथर कुमाय गाउँपालिका ९ बस्ने ३३ वर्षका नितेश बुढाथोकीलाई प्रहरीको नियन्त्रणमा रहेको लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया