सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा तीन महिलाको मृत्यु

शुक्रबार, ०७ कार्तिक २०८२

सोलुखुम्बु : सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ करिब साढे ६ बजे माप्यदुधकोशीबाट महाकुलुङतर्फ जाँदै गरेको बोलेरो जिप भिरबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोज कुँवरका अनुसार घटनास्थलमै तीन महिलाको मृत्यु भएको हो।

मृतकमध्ये १६ वर्षीया हबी राई र २० वर्षीया शान्ति राईको पहिचान खुलेको छ भने एक किशोरीको सनाखत हुन बाँकी छ।

महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएका जिप चालक ३२ वर्षीय श्रीध्वज राई गम्भीर घाइते भएका छन्। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त बोलेरोमा ११ जना सवार थिए। घाइतेमध्ये दुईजना सामान्य छन् भने बाँकीको उपचार जिल्ला अस्पताल फाप्लुमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटना माप्यदुधकोशी गाउँपालिका–६ र ७ को सिमानामा पर्ने ‘भिरकुना’ नामक स्थानमा भएको हो। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार