रवि र बालेन छलफल: रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीच सहकार्य गर्ने सहमति

मंगलबार, ०८ पुस २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन्। निर्वाचन केन्द्रित गतिविधि बढाइरहेका उनले निर्वाचित क्षेत्र चितवनमा कार्यक्रम गरिसकेका छन् भने विभिन्न भेटघाटलाई पनि तीव्रता दिएका छन्।

यसैबीच सोमबार साँझ रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भएको छ। रास्वपाका एक नेताको निवासमा भएको उक्त भेटघाट सौहार्दपूर्ण र अर्थपूर्ण भएको रास्वपा नेताहरूले बताएका छन्। छलफलका सबै विषय सार्वजनिक नभए पनि आगामी निर्वाचनमा सहकार्य गर्ने विषय मुख्य रहेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार रास्वपा, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र बालेन समूहबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक सहमति बनेको छ। एक्लाएक्लै चुनावमा जाँदा पुराना दललाई फाइदा पुग्ने निष्कर्षसहित नयाँ शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा छलफलमा आएको जनाइएको छ।

यसअघि पनि यी शक्तिहरूबीच एकताको प्रयास भए पनि नेतृत्वको विषयमा सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको थिएन। तर हाल तत्काल एकता नभए पनि गठबन्धनमार्फत निर्वाचनमा जाने विषयमा अर्थपूर्ण संवाद भएको बताइएको छ। साथै, तोकिएको समयमै निर्वाचन हुनुपर्ने र त्यसका लागि भूमिका खेल्ने विषयमा पनि सहमति बनेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार