धरानमा धारिलो हतियार प्रहार, १५ वर्षीया किशोरी घाइते

विहीबार, ०६ कार्तिक २०८२

धरान : धरान उपमहानगरपालिका–११ मा धारिलो हतियार प्रहारबाट एक किशोरी घाइते भएकी छिन्।

गएराति करिब ११:३० बजे धरान–५ बस्ने १५ वर्षीया आयुस रम्तेलमाथि सोही स्थानका १३ वर्षीय सन्तोष भुजेलले खुकुरी प्रहार गरेका हुन्।

सामान्य वादविवादका क्रममा भुजेलले रम्तेलमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

हतियार प्रहारबाट घाइते भएकी रम्तेलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषणबाबु राईको कमाण्डमा पुगेको प्रहरी टोलीले आरोपित सन्तोष भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार