सानो भर्‍याङबाट ६९ लाख र सुनसहित चिनियाँ युवक र नेपाली युवती पक्राउ

विहीबार, ०६ कार्तिक २०८२

काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका–२ सानो भर्‍याङस्थित एक घरबाट अवैध रकम र सुनसहित एक चिनियाँ नागरिक र एक नेपाली युवती पक्राउ परेका छन्। प्रहरीले मङ्गलवार राति करिब साढे ११ बजे उनीहरूलाई पक्राउ गरेको हो।

स्वयम्भू प्रहरी वृत्तका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जाइओ गाङ र धादिङ नीलकण्ठ नगरपालिका–२ की २२ वर्षीया रोजिना सुनार रहेका छन्। उनीहरू सरिता महर्जनको घरमा भाडामा बस्दै आएका थिए।

प्रहरीले घरको दोस्रो तलामा बस्ने उनीहरूकै कोठामा खानतलासी गर्दा ६९ लाख ८५ हजार रुपैयाँ नगद र सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गहना फेला पारेको जनाएको छ।

बरामद सामानमा :-

  • नगद ६९ लाख ८५ हजार रुपैयाँ

  • सुन जस्तो धातुको नेकलेस २ थान, झुम्का २, बाला ४, औँठी ३, नथी १ र शिरबन्दी १ थान

  • आईफोन ४, म्याकबुक १, मोबाइल १

  • बा.प्र.०१–०३१ प ५२६२ नम्बरको बीवाइडी गाडी १ थान रहेका छन्।

प्रहरीका अनुसार सोही घरमा बस्ने अन्य चार जना महिलालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवैलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार