धनकुटा: धनकुटाको जिरोप्वाइन्टमा चामल र भुस बोकेको ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आज (मंगलबार) बिहान सुनसरीको धरानबाट चामल र भुस लिएर हिले जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक धनकुटा नगरपालिका–७ स्थित जिरोप्वाइन्टमा पल्टिएको हो।
प्रहरीका अनुसार चलिरहेको ट्रकको स्टेरिङ लक भएपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनापछि ट्रक सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक २८ वर्षीय इन्द्र मगर र सहचालक घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले बताए।
घाइतेको उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया