मन्त्रीहरुद्वारा विभिन्न दलका पार्टी कार्यालयहरु निरीक्षण

मंगलबार, ०८ पुस २०८२
नेपाली कम्युनिष्ट पार्टीको कार्यालय निरीक्षण गरिदै

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको एमाले केन्द्रीय कार्यालयको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल लगायतले निरीक्षण गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर आगजनी र तोडफोडबाट भएको क्षतिको मन्त्री खरेल लगायतको टोलीले निरीक्षण गरेको हो । 

निरीक्षण टोलीमा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल लगायतको सहभागिता रहेको थियो । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको एमाले पार्टी कार्यालयको निरीक्षण गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिएका छन् । एमाले पार्टी कार्यालयको निरीक्षणपछि सञ्चारकर्मीहरुलाई मन्त्री खरेलले  निर्वाचनको वातावरण सरकारले मिलाउने भएकाले एमालेलाई निर्वाचन आउन आग्रह गरिएको समेत जानकारी दिए । मन्त्री खरेलले चुनावमा भाग लिने एमालेबाट आएको प्रतिबद्धता सरकारले सकारात्मक रुपमा लिएको बताए ।

मन्त्री खरेलले स्थान हदको विषय सरकारको आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन जे हुन्छ, त्यसको अधीनमा रहेर मिलाउनुपर्ने र सबै वातावरण मिलाएर सरकार अगाडि बढ्ने बताए  । “हतियारहरु बाहिर छन फिर्ता भए कि भएनन् । कैदीहरु अझै बाहिर छन् । भोट माग्न जाने अवस्था छ कि छैन् । राजनीतिक दललाई प्रचारप्रसारमा जानुपर्दछ त्यो अवस्था छ कि छैन । नेताहरुलाई भोट माग्न सहज रुपमा चुनावी अभियानमा जान सक्ने अवस्था छ कि छैन भनेर उहाँहरुले कुरा गर्नु भएको छ”, सञ्चारमन्त्री खरेलले भने “सबै वातावरण मिलाउने भनेको छाँै ।”

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको स्थान हदका विषय जाँचबुझ छानबिन आयोग र सरकारले छुट्टाछुट्टै काम गरिरहेको जानकारी दिए । सो क्रममा कानुनमन्त्री सिन्हाले निर्वाचनको वातावरण बनिरहेकाले एमाले पनि निर्वाचनमा सहभागी हुने बताए । निरीक्षणका क्रममा मन्त्रीहरुसंग  एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय योगेश भट्टराई र रघुविर महासेठ लगायतका नेताहरुको भेट भएको थियो । 

मन्त्रीहरु सहभागी सरकारी टोलीले नेपाली काँग्रेसको पार्टी कार्यालय र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय समेतको निरीक्षण गरेका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार