भारतबाट चोरी तथा भन्सार छली ल्याएका बोलेरो गाडी नियन्त्रणमा

मंगलबार, ०८ पुस २०८२
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका बोलेरो गाडी

इटहरी : पूर्वी पहाडी जिल्लाहरुमा भारतबाट चोरी तथा भन्सार नतिरी ल्याइएका गाडीहरु सञ्चालन हुने गरेको विशेष सूचनालाई आधार मानेर विशेष सक्रियता वढाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले अवैद्य रुपमा सञ्चालन भई रहेका पाँच वटा बोलेर गाडी नियन्त्रण लिएको छ । 

  ताप्लेजुङ लगायतका पूर्वी पहाडी जिल्लाका ग्रामिण सडकहरुमा अवैद्य रुपमा सञ्चालन भई रहेका पाँचवटा बोलेरो गाडीहरु नियन्त्रणमा लिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जानकारी दिएको हो ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दिपक गिरीले भारतबाट चोरी तथा भन्सार नतिरी ल्याएका गाडीहरु पहाडी क्षेत्रका ग्रामिण सडकहरुमा सञ्चालन भईरहेको विशेष सूचनाका आधारमा एक महिनाको अनुसन्धानपछि पाँचवटा बोलेर गाडी नियन्त्रणमा लिएको जानकारी दिए । 

ट्राफिक प्रहरी उपरीक्षक गिरीले नियन्त्रणमा लिएका गाडीका विषयमा सम्वन्धीत आयत गर्ने कम्पनी र दर्ता देखाइएको यातायात कार्यालयहरुसंग सोधखोज गर्दा दर्ता भएको नपाइएकाले नियन्त्रणमा लिएका गाडीहरुलाई कानुनी प्रकृयाका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई वुझाउने तयारी गरिएको समेत वताए ।

गिरीले अन्य ठाउँहरुमा पनि अवैध रुपमा चोरी तथा भन्सार छलि ल्याएका गाडीहरु सञ्चालन भई रहेको सूचनाहरु आइरहेको समेत जनाए । 

अवैद्य रुपमा सञ्चालन गरिएका गाडीहरुमा कतिपयमा इन्जिन नम्बर परिवर्तन गरिएको,कतिपयको दर्ता देखाएको यातायात कार्यालयहरुमा दर्ता भएको नपाइएको र आयात गर्ने कम्पनीले आयात गरेको समेत नपाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले पहाडी क्षेत्रबाट नियन्त्रणमा लिएका गाडीहरुमा को १ ज ११११ नम्बरको गाडीमा सवारी दर्ता कितावमा भएको इन्जिन नम्बर परिवर्तन गरिएको , ना २ च ७२९५ नम्बरको गाडीमा रेकर्डमा भएको अनुसारको इन्जिन नभएको ना १ ज १५८३ नम्बरको गाडी यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नभएको , ना ३ च ३९२८ नम्बरको गाडी कम्पनीबाट आयात नभएको ,इन्जिन नम्बर रि पन्च गरिएको अवस्थामा रहेको र ग १ च ६६८४ नम्बरको गाडी आयत कम्पनीले आयत नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीले विवरण उपलव्ध नगराएको जनाइएको छ। 

भारतबाट चोरी तथा भन्सार छलि ल्याएका गाडीहरु नियन्त्रणमा लिएपछि कागजात लिएर आउने वताएका चालकहरु तथा गाडी मालिक वताउनेहरु सम्पर्कमा नआएका कारण पनि यि गाडीहरु अवैद्य रहेको ठहर गरी राजस्व कार्यालयमा वुझाउन लागिएको समेत ट्राफिक प्रहरी उपरीक्षक गिरीले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार