पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन

मंगलबार, ०८ पुस २०८२

काठमाडौं : स्मार्ट फोन प्रति नेपालीको आकर्षण पछिल्लो समयमा बढी रहेको छ । यही क्रममा पछिल्लो पाँच महिनाको अवधिमा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा वढीको  स्मार्ट फोन खरिद गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागले  मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएको जनाएको छ । गत आवको सोहि अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको विभागको तथ्याँक रहेका छ । 

पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै पाइइन्छ । अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् बढी रहेको पाइन्छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार