मोरङको पथरी बजारका होटल तथा लजमा यौन धन्दा!

बुधबार, ०४ भदौ २०८२
साङ्केतिक तस्बिर

मोरङ। पथरी बजारका होटल तथा लजमा यौन व्यवसाय हुने गरेको प्रमाण बाहिर आएको छ ।

पथरी शनिश्चरेका धेरै होटल तथा लजमा युवती राखेरै यौन जन्य कार्य गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक जोडीलाई पक्राउ गरेको छ । पथरी हाइवे लाइनमा रहेको होटल नाल्वोबाट एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पथरी बजारका करिब एक दर्जन होटल तथा लजमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका युवती नावालिका रहेको समेत प्रहरीले जनाएको छ । होटेलले नै युवती राखेको हो कि दुई जना एक आपसमा सहमतिमा सो कार्यमा संलग्नता बारेमा भने प्रहरीले बताएको छैन ।

तिन वर्ष अघि पनि चाम्लिङ्ग होटलवाट दुई युवती र दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने होटल मालिकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

पथरी शनिश्चरेका अघिकासं होटल तथा लजमा सो कार्य हुने गरेको व्यापक जन गुनासो रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार