अस्ट्रेलियामा नेपालको दोस्रो जित : मेल्बर्न रेनिगेड्स अक्याडमी ३३ रनले पराजित

बुधबार, ०४ भदौ २०८२

अस्ट्रेलिया : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ। सिरिजको पाँचौँ खेलमा नेपालले मेल्बर्न रेनिगेड्स अक्याडमीलाई ३३ रनले पराजित गरेको हो।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार गर्‍यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन जोडे । १३९ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको मेल्बर्न रेनिगेड्स अक्याडमीले नेपाली बलिङ आक्रमण सामना गर्न सकेन। निर्धारित ओभर खेल्दा उनीहरूले १०६ रनमै समेटिए।

नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले २ विकेट हात पारे भने सहाब आलम र रूपेश सिंहले १–१ विकेट दिलाए। यसअघि नेपालले खेलेका ४ खेलमध्ये ३ मा पराजित र १ मा जित हात पारेको थियो। लगातार दोस्रो जितसँगै नेपालले सिरिजमा पुनः आत्मविश्वास बढाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार