विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’लाई उत्कृष्ट अवार्ड

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागु औषध पत्ता लगाउँदै आएको जर्मन सेफर्ड जातको कुकुर ‘घुङ्ग्रु’ले यस वर्षको उत्कृष्ट केनाइन अवार्ड जितेको छ।

लागु औषध पहिचानमा विशेष दक्षता राख्ने घुङ्ग्रुले हालसालै थाई एयरवेजका उडानबाट ल्याइएको १४ किलोभन्दा बढी गाँजा समात्न सहयोग गरेको थियो। यसअघि पनि उसले वासिङ मेसिन र चकलेटका प्याकेटभित्र लुकाइएको गाँजा पत्ता लगाइसकेको छ।

२०७४ सालमा जन्मिएको घुङ्ग्रु नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छ। हाल देशभर १३ स्थानमा १०१ तालिमप्राप्त केनाइन प्रहरी सेवामा खटिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार