गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा दिइन्, बुवामाथि प्रहार भएको दाबी

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएको दाबी गर्दै सचिवालयबाट राजीनामा दिएकी हुन् ।

गंगाले फेसबुकमा लेखेकी छन्, ‘म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ । सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ ।’

यस्तै, उनले आफू र परिवारविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति आपत्ति जनाएकी छन् । ‘कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाख पर्ने घडी । मैले त्यस्ता सामान कहिल्यै किनिनँ । साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्‍याएर प्रहार गरिन्छ ।’ गंगाले भनेकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार