विपिन जोशीको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौँ : इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ ।

उनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौँ ल्याइएको हो ।

विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झन्डाले ढाकिएको उनको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि श्रद्धाञ्जली अर्पण गर्न विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार