धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

बुधबार, ०४ भदौ २०८२

कैलाली। विश्वकर्मा पूजाको अवसर नजिकिँदै गर्दा धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार महेन्द्रकुमार शाह अहिले विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन्।

शाहका अनुसार प्रत्येक वर्ष असोज १ गते पूजाका दिन मूर्तिको माग बढी हुने भएकाले साउनको दोस्रो सातादेखि नै निर्माण सुरु गरिएको हो। हालसम्म १५ वटा मूर्ति निर्माण भइसकेको छ भने थप मूर्ति बनाउने तयारी भइरहेको छ। मूर्ति बजारमा रु पाँच हजारदेखि १० हजारसम्म मूल्यमा बिक्री भइरहेको छ।

मूर्तिकार शाहले मूर्ति बनाउन झण्डै एक साता लाग्ने र माटो, पराल, सुतली धागो, काठ, किला, कपास र बोरालगायत सामग्री प्रयोग हुने जानकारी दिएका छन्। लामो समयदेखि यस पेशाबाट आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए।

उहाँले स्थानीय सरकारले कला र संस्कृतिको संरक्षणका लागि मूर्तिकारलाई आर्थिक सहयोग र सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार