उदयपुर : उदयपुर जिल्लाका दुई स्थानीय जनप्रतिनिधिको निधन भएपछि शोकमा दुई गाउँपालिकाले आज आफ्ना सबै सेवा बन्द गरेका छन्।
रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहालको निधन ६८ वर्षको उमेरमा उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँमा भएको हो। रौतामाईका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले जानकारी दिएअनुसार दाहाल केही समयदेखि अस्वस्थ थिए।
त्यस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिवार निधन भएको हो। ताप्ली गाउँपालिकाका अध्यक्ष ढङ्गराज विकका अनुसार मगर पनि लामो समयदेखि बिरामी थिए।
दुवै जनप्रतिनिधिको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रौतामाई र ताप्ली गाउँपालिकाले आज आफ्ना सम्पूर्ण सेवा बन्द गरेका छन्। गाउँपालिकाले शोक सन्देश जारी गर्दै दिवङ्गत जनप्रतिनिधिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रतिक्रिया