इटहरी : श्यामभक्त परिवार इटहरी–सुनसरीको आयोजनामा कुलदेवीको मंगलपाठ कार्यक्रम विहिबार इटहरीमा सम्पन्न भएको छ ।
“समाज एकताबद्ध होस्, राष्ट्र एकताबद्ध होस्” भन्ने शुभकामनाका साथ माडवारी समुदायले परम्परागत रूपमा भदौ महिनाभरि देशभर नै यो पर्व मनाउने गरेका छन् । यसपटक इटहरीमा करिब १५० घरधुरीका माडवारी परिवार एकै ठाउँ भेला भई मंगलपाठमा सहभागी भएका थिए ।
श्यामभक्त परिवार इटहरीका अध्यक्ष गोविन्द अग्रवालका अनुसार, माडवारी समुदायका संस्कार र संस्कृतिको जगेर्ना गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो । समाजमा विभाजनको अवस्था रहेको बेला यस्तो धार्मिक तथा सांस्कृतिक कार्यक्रमले सबैमा एकता र आपसी सद्भाव बढाउने विश्वास गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले मंगलपाठमार्फत समाज र राष्ट्रको कल्याणको कामना गरेका थिए ।
प्रतिक्रिया