विद्या भण्डारीले उद्घाटन गरिन् सम्पर्क कार्यालय

विहीबार, ०५ भदौ २०८२

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

भण्डारीले एमालेका विभिन्न नेताहरूको उपस्थितिमा थापागाउँस्थित लाखेचौर मार्गमा स्थापना गरिएको सम्पर्क कार्यालय आफैँ उद्घाटन गरेकी हुन् । भण्डारीको उक्त सम्पर्क कार्यालयलाई ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।

उद्घाटनमा एमालेका उपाध्यक्षहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत उपस्थित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार