काठमाडौंमा १५ महिने बालिका बलात्कृत

विहीबार, ०५ भदौ २०८२

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ का ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।

गोठाटारमा बस्दै आएका गोलेले ती बालिकालाई आफ्नो डेरामा लगेर भदौ २ मा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

आरोपी विरुद्ध अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार