काठमाडौँ : बलिवुडका चर्चित हास्य कलाकार असरानीको निधन भएको छ ।विगत चार दिनदेखि मुम्बईको आरोग्य निधि अस्पतालमा भर्ना रहेका असरानीको ८४ बर्षको उमेरमा सोमबार दिउसो निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उनको अन्तिम संस्कार पनि आजै साँझ गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । असरानीको अन्तिम संस्कार आज सान्ताक्रुज पश्चिमको शास्त्री नगर श्मशानघाटमा गरिएको बताइएको छ ।
असरानीको मृत्युको खबर परिवारको इच्छा अनुसार ढिलो गरि सार्बजनिक गरिएको थियो ।
उनले आफ्नो अन्तिम क्षणहरूमा कुनै पनि भीड वा मानिसहरूको उपस्थिति नचाहेकाले परिवारले उनको इच्छा अनुसारनै यसबारे कसैलाई जानकारी नदिएको बताइएको छ ।
असरानीलाई फिल्म शोलेमा जेलरको भूमिकाका लागि सम्झिने गरिन्छ । उनले अभिनेता राजेश खन्नासँग मात्र २५ वटा फिल्ममा काम गरेका छन् । उनले बलिवुडमा सयौं फिल्ममा अभिनय गरेका छन् ।
प्रतिक्रिया