आजको राशिफल बि.सं. २०८२ कार्तिक ४ गते मंगलबार ई.सं. २०२५ अक्टोबर २१

मंगलबार, ०४ कार्तिक २०८२

आजको राशिफल बि.सं. २०८२ कार्तिक ४ गते मंगलबार ई.सं. २०२५ अक्टोबर २१ नेपाल सम्बत ११४५ कौलागा प्रतिपदा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा कन्या राशिमा,  चित्रा नक्षत्र, विष्कुम्भ योग, नग करण । आज नेपालमा सुर्योदय बिहान ६: ०७ बजे र सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशिको हुनेछ ।

आज कुनै महत्त्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ८ बजेर ४२ मिनेटदेखि १० बजेर १२ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ । आज औँसी तिथिमा गरिने स्नान, दान गर्न सकिने छ । आज दिउँसो ०४: २९ बजेसम्म औँसी तिथि रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

स्वास्थ्य क्षेत्र, काठ पात, ढुंगा-गिट्टी, मिल मेसिनरी र ढुवानी सम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । घमन्ड र जिद्दी पना त्याग्न सकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीटिउरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठुलो कलहको वातावरण बन्न सक्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठिक हुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । बुद्धिको सही प्रयोग गर्न सके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । इच्छा पूरा हुने दिन हो, लव मेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

कानुन र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्न माणिक्य, फोटोग्राफी वा भिडियो मिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीटिउरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईँको शक्ति र प्रतिष्ठामा वृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहु प्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

सुख एवं समृद्धिमा वृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्न सक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठिक हुनेछ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईँको छिद्र खोतल्ने प्रयास गर्नेछन् । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आस मारेको वस्तु वा धन हात पार्न सकिने छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातावरण रहेको छ । आर्थिक मन्दी चल्दै छ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आत्मबल र जोस जाँगर बढ्नेछ, घरायसी काम समयमै टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

काम धाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छर छिमेकका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । कठोर र क्रूर निर्णय लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठिक हुँदैन । पारिवारिक सुखमा अभिवृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको र नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिँदा झन् दिक्क लाग्न सक्छ, तर बृद्ध बृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्यारियर र पेसाप्रतिको सोच सलबलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । काम विशेषले देश परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्न सक्छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लव मेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईँको प्रेम सम्बन्धको दिगो प्रतीक बन्न सक्छ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्न सक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठिक हुन्छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्न सक्छ । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

रूप सौन्दर्य र गहना गुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलबाड त्यागेको ठिक हुन्छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्न सक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौज मज्जामा खर्च गर्ने परिस्थिति छ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार