आजको राशिफल : बि.सं. २०८२ असोज ३० गते विहिबार ई.सं. २०२५ अक्टोबर १६

विहीबार, ३० असोज २०८२

आजको राशिफल बि.सं. २०८२ असोज ३० गते विहिबार ई.सं. २०२५ अक्टोबर १६ नेपाल सम्बत ११४५ कौलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष दशमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शुभ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६: ४ बजे र सूर्यास्त साँझ ५ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशिको हुनेछ । 

आज कुनै महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्त्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ६ बजेर ३२ मिनेट देखि ७ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ । आज विश्व खाद्य दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लव लाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगी साथीको साथ पाउनाले मन प्रसन्न रहने छ । मातृ सुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्य स्थितिबारे जानकारी लिनु ठिक हुन्छ, सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्न सक्छ । सहकार्य वा साझेदारीको काममा दौडधुप गर्नुपर्ने समय हो, कारोबारमा ध्यान केन्द्रित हुन सक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक सौहाद्र्रता र सद्भावमा वृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु÷गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोराएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । सुख एवं समृद्धिमा वृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्न सक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठिक हुनेछ । धन वैभव र मान सम्मान बटुलेर सुख सुविधा जुटाउन सक्ने समय हो, तर घरभित्रका समस्यामा रुमल्लिनुपर्ने र मानसिक खिन्नता बढ्ने परिस्थिति बनेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बिक्री बट्टामा बढवा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आजको कुनै पल तपाईँका लागि भावुक समय बन्न सक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । अरूले के गर्दै छन् र के सोच्दै छन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठुला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनि मात्र काम थाल्नुहोस् । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्न सक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेवारीप्रति सचेत हुनुपर्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगी साथीसँग रमाइलो गर्न मन हौसिने छ । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनै कुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । मित्र वर्ग र कुल कुटुम्बसँग सहयोग आदान-प्रदान गर्ने दिन हो । सानो प्रयासले घरायसी सुख र धन वैभव जम्मा पार्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्न सक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृ पक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्ध बृद्धा वा मान्यजनको सेवा चाकरी गरेमा भाग्य बल बढाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैँभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि सम्झौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । झिना मसिना काम र घरेलु काममा अलमलिँदै दिन बित्न सक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैँभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि सम्झौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । झिना मसिना काम र घरेलु काममा अलमलिँदै दिन बित्न सक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुख-सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्न सक्छ । यो रचनात्मक ऊर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जान सक्छ । घमन्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्क वितर्कमा जीत हुनेछ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमन्डका कारण केही समस्याहरू सिर्जना हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पठनपाठनमा ध्यान केन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिँदैन । मन्दी र नोक्सानीका बारेमा पुनर्मुल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउन सक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगी साथीको भेटघाटमा आजको केही समय बित्न सक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ ।

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार