दार्चुला जीप दुर्घटना अपडेटः २५ वर्षीया गर्भवतीको मृत्यु

विहीबार, ०५ भदौ २०८२

दार्चुला :दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छभने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ । सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार