झापामा आगलागीमा परेर घाइते भएकी वृद्धाको  मृत्यु

विहीबार, ०५ भदौ २०८२

झापा । ताप्लेजुङ घर भई हाल झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा डेरा गरी बस्दै आएकी ८१ वर्षीया बाटुली माया दाहालको आगलागीमा परेर घाइते भएको १४ दिनपछि मृत्यु भएको छ ।

गत साउन २२ गते बिहान करिब सवा ७ बजे ध्रुव श्रेष्ठको तिन तले पक्की घरको दोस्रो तल्लामा डेरा गरी बस्दै आएकी दाहाल खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिकेज भएर आगो लाग्दा गम्भीर रूपमा घाइते भएकी थिइन् । 

शरीरका विभिन्न भाग जलेको उनलाई सुरुङ्गास्थित कनकाई नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडको बी एण्ड सी अस्पताल र त्यहाँबाट काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो ।

उपचारपछि भदौ २ गते उनलाई घर ल्याइएको भए पनि अवस्था सुधार नहुँदा आज भदौ ५ गते बिहान १०ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पतालमा राखिएको छ ।

उक्त आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार